नियम २५
विगो निर्धारण समिति
(१) छात्रवृत्ति सम्बन्धी विगो निर्धारण गरी नेपाल सरकार समक्ष सिफारिस गर्नको लागि देहायका सदस्यहरु रहेको एक छात्रवृत्ति विगो निर्धारण समिति रहने छः–
(क) शिक्षा मन्त्रालयले तोकेको सो मन्त्रालयको सह–सचिव – अध्यक्ष
(ख) प्रमुख, केन्द्रीय तहसील कार्यालय – सदस्य
(ग) प्रतिनिधि, अर्थ मन्त्रालय – सदस्य
(घ) उपसचिव (ऐन, नियम परामर्श शाखा), शिक्षा मन्त्रालय – सदस्य
(ङ) उप–सचिव, (छात्रवृत्ति शाखा), शिक्षा मन्त्रालय – सदस्य–सचिव
(२) विगो निर्धारण समितिले उपनियम (१) बमोजिम विगो सिफारिस गर्दा ऐनको दफा ७ को अधीनमा रही गर्नु पर्नेछ ।
(३) छात्रवृत्ति विगो निर्धारण समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।